सामना देवकोटा ,टेक्सस । अमेरिकाको टेक्ससमा “नेपाल डे” भव्यताका सम्पन्न भएको छ । अस्टिनमा रहेको नेपाली सामुदायिक संस्था ग्रेटर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा नेपाल डे परेडको आयोजना गरिएको हो। नेपाल डे को परेडमा भाग लिन अस्टिन लगायतका सहरहरुबाट नेपालीहरु उपस्थित भएका थिए ।

नेपलिज सोसाईटी टेक्सास, नेपलीज अशोसियसन अफ ह्युस्टन, सानआन्टानियो नेपलीज अशोसियसन, लुम्बिनी सेवा समाज अमेरिका, नेपलीज सोसाईटी अफ लबक लगायतका नेपाली समुदाय हरुको पनि परेडमा सहभागी भएका थिए। हुट्टो सिटी हल 500 W Live Oaks St Hutto, TX 78634 आसपासमा परेडको आयोजना गरिएको थियो।

परेडमा विभिन्न किसिमका झाँकी पनि प्रदर्शन गरिएको थियो। पशुपतिनाथको मन्दिरसंगै नेपालामा जिवित देविको रुपमा पुजा गरिने देवी कुमारीको झाँकी, हलो जुवा, ढिकी, जातो, झाँक्री नाच, भजन किर्तन, पन्चेबाजा सहितका झाँकीहरु निकालिएका थिए ।

ग्रेटर अस्टिन नेपाली सोसाईटीका पुर्व अध्यक्ष भोजराज भट्टका अनुसार नेपाल र अमेरिका दुई देशको दौत्य सम्बन्ध स्थापना भएको दिन सन १९४८ फेब्रुअरी १६ को सम्झनामा प्रत्यक वर्ष फेब्रुअरी १६ का दिन लाई “नेपाल डे” का रुपमा मनाउने गरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij