२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई सरकारले ल्याउने

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई सरकारले ल्याउने

काठमाडौं : नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ ।

त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो। मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।

दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij