तनहुँ । अमेरिकाको टेक्सास राज्यमा रहेका अमृत मिश्र र मिश्रकी श्रीमती अप्सरा पौडेलको संयोजनमा मृर्गौला रोगी कृष्ण न्यौपानेलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । लम्जुगंको कुन्छा घर भई हाल टेक्सासमा बसोबास गर्ने मिश्र दम्पत्तिको तदरुकतामा तनहुँको व्यास नगरपालिका वडा नं. १० सेवरका २७ बर्षिय कृष्ण न्यौपानेलाई १, १५, ३४५ (एक लाख पन्ध्र हजार तिन सय पैतालिस) रुपैया सहयोग हस्तान्तरण गरिएको हो । मिश्र दम्पत्तिले अमेरिकाको टेक्सासमा बसोवास गर्ने नेपालीहरुसग संकलन गरेको रकम अप्सरा पौडेलकी आमा गंगामाया पौडेल र दाई डाक्टर किरण पौडेलले सम्युक्त रुपमा कृष्ण न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकम बुझ्दै कृष्ण न्यौपानेले ‘रकम दान गर्ने दाताहरुलाई धन्यवाद दिदै दाताहरुको सहयोगले आफुमा मृर्गौला प्रत्यारोपण गर्न पाउछु भन्ने आशा पलाएको ‘ बताउनुभएको छ ।

न्यौपानेलाई सहयोग गर्ने दाताहरुमा अमेरिकामा बसोबास गर्नुहुने अमृत वावु मिश्र, अप्सरा पौडल, सुदीप पन्थ, लक्ष्मी बस्नेत, अप्सरा राउत, टीकामाया गुरुङ, दिनेश मिश्र, कुसुम क्षेत्री, कमला वास्तोला, आशा पौडेल, शिक्षा के. सी., हरी ढुंगेल, नैना घर्ती मगर, अस्मिता पौडेल, सविता अधिकारी, उर्मिला भेटुवाल, गिता श्रेष्ठ, विमला पोख्रेल, अन्जना थापा पाण्डे, पिताम्बर पाण्डे, गुड्डु श्रेष्ठ, अनिशा आचार्य, सगुन महतो, इन्दिरा खनाल, इन्दिरा काफ्ले र तुलसा काफ्ले रहनुभएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij