२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको शपथ ग्रहण समारोहमा हुलदंगा र विवाद

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको शपथ ग्रहण समारोहमा हुलदंगा र विवाद

कुवेत- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको २०२३–२०२५ कार्यकालको कार्यसमितिको शपथ ग्रहण तथा वार्षिक कार्ययोजना प्रस्तुतीकरण, प्रेस मिट कार्यक्रममा हुलदंगा हुँदा विथोलिएको छ ।

अतिथि वक्ताको रुपमा आमन्त्रण गरिएका कुल आचर्य पक्षका एनसीसी कुवेतका अध्यक्ष राणा ध्वज लामाले एक हुल अराजक शैलीका व्यक्तिहरुलाई नौसाद होटेल फर्वानियाको कार्यक्रमहलमा अवैधानिक रूपमा प्रवेश गराइ कार्यक्रमको व्यानर च्यात्ने, मानसिक थ्रेट दिने र गुण्डागर्दी शैलीमा नवनिर्वाचित कार्यसमितिलाई अमर्यादित शब्दहरूको प्रयोग गर्ने जस्ता कार्य गरेको निवर्तमान अध्यक्ष युवक राईले जानकारी दिए । उनले एनआरएनए बद्रि समूहको अराजकतावादी निन्दनीय र सामाजिक मूल्य मान्यताविरुद्धको गतिविधि गरेकोमा दुःख व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघको नाममा हुने अमानवीय कार्यले संस्थाको गरिमा र संस्थाप्रति दिनानुदिन विश्वास गुमेको भन्दै अध्यक्ष विनोद कुँवरलाई एनसीसी कुवेतले तत्काल यस्तो गतिविधि रोक्न बद्रि केसी नेतृत्वको समूहलाई सचेत गराउन अनुरोध गरिसकेको एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदीले बताए ।

बद्री केसी नेतृत्वको मध्यपूर्वका समूहले खाडी राष्ट्रका अन्य देशहरूमा समेत गुण्डाहरूको प्रयोग गर्दै विनोद कुँवर पक्षका एनआरएनएका सदस्यहरूलाई दुःख दिने र समाजका अगुवाहरूमाथी कुटपिट गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij