काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली युवा ब्याट्सम्यानलाई ब्याटिंग क्लिनिक चलाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार देसाईले युवा २० ब्याट्सम्यानलाई नौं दिनको ब्याटिंग क्लिनिक संचालन गर्ने भएका हुन् ।
देसाईले जनवरी १७ देखि २५ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा ब्याटिंग क्लिनिक चलाउने भएका छन् ।
क्यानले ब्याटिंग क्लिनिकका लागि २० खेलाडी छनौट गरेको छ । जसमा लोकेश बम, तृत राज दास, किरण ठगुन्ना, रित गौतम, सोनु अन्सारी, सोहैल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम रंगु थापा मगर, आकाश त्रिपाठी, शुभ कन्सकार, इमार सेख, सन्तोष कार्की, अर्जुन कुमाल, अंकित सुबेदी, आशुतोष घिरोहिया, सुजन थपलिया र अर्जुन घर्ति मगर रहेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij