२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

पत्रकारलाई प्रधानमन्त्रीको प्रश्न – के राति काम गर्न हुँदैन ?

पत्रकारलाई प्रधानमन्त्रीको प्रश्न – के राति काम गर्न हुँदैन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रात दिन नभनी काम गरिरहेको दावी गरेका छन् । उनले कांग्रेस एमाले नेतृत्वको सरकार जनताको हीतका पक्षमा निरन्तर काम गरिरहेको दावी गरे ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा निरन्तर भ्रम फैलाउने काम भइरहेको आरोप लगाए ।

हालै सरकारले मध्यरातमा तीन वटा अध्यादेश ल्याएको विषयमा प्रतिपक्षी दलहरुले विरोध जनाएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?,’ प्रधानमन्त्री ओलीले भने ।

उनले दल विभाजन गराउने सम्बन्धी कानुन संशोधनको आवश्यकता औंल्याए तर तत्कालै अध्यादेश ल्याउन विषयमा कुनै तयारी नरहेको प्रष्ट पारे । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन लाग्यो भनेर झूट र नकारात्मकता फैलाइएकोमा उनले आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij