२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

गैरआवासीय नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

गैरआवासीय नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

काडमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने उनले बताए ।

‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं । यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ’, गृहमन्त्री लेखकले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij