काठमाडौ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सामेबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिंहसहित तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, मन्त्रालयकै कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, मन्त्रालयका सहलेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालि औरही नगरपालिका–३ महोत्तरीका फार्म सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव र मन्त्रालयका तत्कालीन पशु चिकित्सक रन्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ विकास कुमार साहविरुद्ध मुद्दा चलाइएको छ ।
उनीहरुविरुद्ध एक करोड बिगो मागदाबी गरिएको छ । उनीहरुले पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको आरोप छ । यस कार्यक्रमका लागि वरिष्ठ कृषि अर्थविज्ञको संयोजकत्वमा गठन प्रस्ताव छनौट समिति गठन भएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij