२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी सुरु

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी सुरु

काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ प्रर्दशनी मार्गमा बुधबारदेखि सुरु भएको छ ।

पुस्तक प्रर्दशनीमा १३ देशका प्रकाशक, लेखक तथा विभिन्न शैक्षिक सामग्री उत्पादकहरू सहभागी हुनुका साथै नेपाली व्यवसायीहरूका १ सय ५० वटा स्टल रहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए ।

योबाहेक चीनको छुट्टै स्पेस रहेको छ । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै बुधबारदेखि भएको प्रर्दशनीमा चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलका, क्यानडा र बंगलादेशलगायतका प्रकाशक तथा लेखकहरू काठमाडौं आएका छन् । प्रर्दशनी पुस २१ गते सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij