जनकपुर । मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधबार राती शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो । मंगलबारदेखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको जनाइएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij