२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

थाइल्यान्ड, म्यानमार र कम्बोडिया नजान भन्दै सरकारले जारी गर्‍यो एडभाइजरी

थाइल्यान्ड, म्यानमार र कम्बोडिया नजान भन्दै सरकारले जारी गर्‍यो एडभाइजरी

काठमाडौं । जागिरको प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस नजान भन्दै नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एडभाइजरी जारी गर्दै ती देशहरूमा जबरजस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij