२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला फेला परेकी हुन् ।

अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij