२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भई बयानमा रहेका रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

 

पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गर्नको लागि जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको हो । यसअघि लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij