काठमाडौं । साताको पहिलाे दिन आइतबार शेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजारमापक परिसूचक नेप्से ९.९९ अंकले घटको छ ।
आइतबार २७ सय ३८ को बिन्दुमा कारोबार बन्द भयो । यसदिन १ सय ७८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
६३ कम्पनीका लगानीकर्ताले कमाउँदा तीन कम्पनीको मूल्य यथावत रह्यो । यसदिन पाँचवटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ ।
जानकी फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यसदिन ८ अर्ब ८३ करोडबराबरको कारोबार भयो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij