२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राजेश पायल राई : लाईभ इन अस्टिनको तयारी अन्तिम चरणमा

राजेश पायल राई : लाईभ इन अस्टिनको तयारी अन्तिम चरणमा

अस्टिन । अस्टिन । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक मेगास्टार राजेश पायल राईको विशेष सांगितिक प्रस्तुति रहने राजेश पायल राई लाईभ इन अस्टिन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा अवस्थित अतिथि ग्रील एण्ड बारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नमो नमस्ते इन्टरटेन्टमेन्ट र एटएटफोरएट मिडियाको आयोजनामा हुन लागेको लाईभ इन अस्टिनलाई सफल बाउन अमेरिकामा क्रियाशील विभिन्न संस्था र कम्पनीहरु साझेदार बनेका छन् ।

कार्यक्रमको प्रायोजकमा मनपसन्द सुपर स्टोर, हिमालयन सौगल , अस्टिन रियल्टर, एन्थोला इन्टरटेन्टमेन्ट र नमस्ते नेपाल रहेका छन् । दुबो र साइलीको बुटिकको विशेष सहयोग रहने कार्यक्रमको मिडिया पाटर्नरमा समाजप्रेस रहेको छ ।

अतिथि ग्रील एण्ड बारमा नाभेम्बर १ को बेलुकी ८ बजेपछि सुरु हुने लाइभ इन अस्टिनमा गायक राजेश पायल राईले ११ बजेसम्म आफ्ना विभिन्न सांगितिक कोशेलीहरु प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij