२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

इजलासमा रविमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्ने आरोपको कास्की प्रहरीद्वारा खण्डन

इजलासमा रविमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्ने आरोपको कास्की प्रहरीद्वारा खण्डन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।’

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी अहिले प्रहरी हिरासतमा छन् । उनका समर्थकले उनीमािथ इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयोग गरिएको भन्दै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij