२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

उपनिर्वाचनमा नगरपालिकाका मेयरको उम्मेदवारले साढे चार लाख खर्च गर्न पाउने, अरुको कति ?

उपनिर्वाचनमा नगरपालिकाका मेयरको उम्मेदवारले साढे चार लाख खर्च गर्न पाउने, अरुको कति ?

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

आयोगले शुक्रबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको हो ।

आयोगकाअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

त्यसैगरी, महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको सीमा तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij