२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

पोखरामा रास्वपाले राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध पुर्याएको कार्य कसुरदार होः एमाले

पोखरामा रास्वपाले राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध पुर्याएको कार्य कसुरदार होः एमाले

काठमाडौं । नेकपा एमालेले सडक आन्दोलनका क्रममा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी रास्वपाका नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले रास्वपाले राष्ट्रसेवकलाई कर्तव्य पालनमा अवरोध पुर्याएको भन्दै त्यो कसुर हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संससदको सदस्य उपस्थिति उन र यस्तो कसुर गर्न अरुलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य हो ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij