२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

१४ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गर्ने युवक सुर्खेतबाट पक्राउ

१४ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गर्ने युवक सुर्खेतबाट पक्राउ

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा डेरागरी बस्ने १४ वर्षीया किशोरीलाई बलात्कार गरेर फरार भएका दैलेखको चामुण्डाबिन्द्रसैनी गाउँपालिका-३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेल पक्राउ परेका छन्।

उनले गएको भदौ ३० गते ती किशोरीलाई अपहरण गरी अटो रिक्सामा हालेर काँक्रेबिहारको जंगलमा पुर्‍याएर मार्ने धम्की दिँदै जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ।

स्कुल जाँदै गरेकी किशोरीलाई अपहरणगरी अटोमा राखेर जंगलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनको खोजी गरेको थियो।

खोजी गर्ने क्रममा दैलेखको अशोका होटलबाट घटनाको ६ दिनपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

अनुसन्धानका क्रममा कँडेलले एक वर्षअघि पनि सुर्खेतकै १९ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको खुलेको छ।

शाहीका अनुसार त्यतिबेला उनले बिहे गर्ने प्रलोभनसहित डरत्रास देखाएर सुर्खेत बसपार्क नजिकको होटलमा लगेर ती युवतीलाई पटक-पटक करणी गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij