२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

दोलखामा ७२ वर्षीय वृद्धको खुकरी प्रहारबाट श्रीमती र नातिनी घाइते

दोलखामा ७२ वर्षीय वृद्धको खुकरी प्रहारबाट श्रीमती र नातिनी घाइते

दोलखा : दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन्।

आइतबार राति ११ बजेतिर झुलेका ७२ वर्षीय मोहनबहादुर कार्कीले घरायसी विवादमा खुकुरी प्रहार गर्दा ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षकी नातिनी सुहाना कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

अत्यधिक रक्तश्राप भइरहेको अवस्थामा घरमा फेला परेका उनीहरूको स्थानीय र प्रहरीले उद्धार गरेका थिए। घाइते दुवैजनाको चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मोहनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij