२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राहत र पेन्सन वञ्चित शिक्षकको आन्दोलन जारी, आजदेखि ‘सशक्त प्रदर्शन’ गर्ने

राहत र पेन्सन वञ्चित शिक्षकको आन्दोलन जारी, आजदेखि ‘सशक्त प्रदर्शन’ गर्ने

काठमाडौँ- सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रष्ट पारेका छन्।

शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।

पेन्सन वञ्चित शिक्षक समूहका अध्यक्ष अमृत कार्की र महासचिव टीकाबहादुर खड्काले जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन वञ्चित राहत शिक्षक समूह, राहत शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूको आन्दोलनले सार्थकता पाएको छ । सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरियो ।’

नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ।

आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको समितिले जनाएको छ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ । सरकार र शिक्षक महासंघबीच शुक्रवार ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ताको घोषणा भएको थियो । तर त्यसलाई राहत शिक्षकहरूले मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij