२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने बाटो खुल्यो

गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं : गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने बाटो खुलेको छ। सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली हिजो राजपत्रमा प्रकाशित गरेसँगै अब नागरिकता लिन चाहने गैरआवासीय नेपालीले पाउने भएका हुन्।

त्यसका लागि तोकिएको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागगरिकताको प्रमाणपत्र लिने हो सो प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ।

आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतवासा वा महावाणिज्य दूतावासमा पनि दिन दिन सकिने व्यवस्था नियमावलीमा छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij