२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

आगोमा जलेर महिलाको मृत्यु

आगोमा जलेर महिलाको मृत्यु

मोरङ : मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन्। शनिबार आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलि घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाउनुका साथै थप अनुसन्धान गरिहेको उक्त कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij