काठमाडौँ- महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।
जलेश्वर नगरपालिका ८ बजराहीका पंकज ठाकुरका छोरा चार वर्षीय प्रियराजको शुक्रबार पोखरीमा डुबेर मृत्यु भएको हो।
आफ्नै घरअगाडि खेल्दै गरेका बालक एकाएक हराएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij