२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

समाजप्रेसकी ग्लोबल इडिटर अधिकारीलाई ‘आउटस्ट्याण्डिङ जर्नलिस्ट’ अवार्ड

समाजप्रेसकी ग्लोबल इडिटर अधिकारीलाई ‘आउटस्ट्याण्डिङ जर्नलिस्ट’ अवार्ड

काठमाडौं । समाजप्रेस डटकमकी ग्लोबल इडिटर झरना अधिकारी ‘आउटस्ट्याण्डिङ जर्नलिस्ट’ अवार्डबाट सम्मानित हुनुभएको छ ।

अमेरिकाको न्यूयोर्कमा भव्यरुपमा सम्पन्न सातौ एटिए ग्लोबल नेपाली फिल्म अवार्डमा स्पेशल एप्रिसियशनतर्फ ‘आउटस्ट्याण्डिङ जर्नलिस्ट’ अवार्ड प्राप्त गर्नुभएको हो । दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय अधिकारी हाल अमेरिकाको टेक्ससमा रहेर पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

अधिकारीले महिला अधिकार, सामाजिक सुधार, युवा र आर्थिक क्षेत्रका विभिन्न विधामा कलम चलाउँदै आउनुभएको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को कार्यकारी सदस्यसमेत रहनुभएकी अधिकारीले अवार्डबाट आफू अझ जिम्मेवार पत्रकारिता गर्न प्रेरित भएको बताउनुभयो ।

सातौ एटिए ग्लोबल नेपाली फिल्म अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्ड भने वरिष्ठ कलाकारद्वय भुवन चन्द र बसुन्धरा भूसाललाई प्रदान गरियो । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड युएसए, त्रिवेणी इन्टरटेन्टमेन्ट युएसए र दिलकुमारी फाउण्डेसनको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij