२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

मनोहरा र बागमतीमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

मनोहरा र बागमतीमा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । आज मनोहरा खोलाले बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान साढे ४ बजेको समयमा मनाहराको जलसतह सतर्कता तह पार भएको हो ।

मनोहरामा जलसतह बढ्दो रहेको, वाग्मतीमा पनि जलसतह सतर्कता नजिक रहेको, काठमाडौं उपत्यकाको वाग्मती र यसका सहायक नदीतटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजे सम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएराित उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धाप ड्याम वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ । जसकारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij