२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि २० असोजमा सकिँदै छ । प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । सोहीअनुसार संवैधानिक परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij