२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव, ११ जना घाइते

वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव, ११ जना घाइते

काठमाडौं : पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा गएराति तनाव उत्पन्न भएको छ।

सानोठिमीस्थित बालसुधार गृहबाट लगिएका १८ र यहाँ रहेका अन्य कैदीबन्दीबीच मंगलबारर बेलुकी विवाद बढ्दा तनाव उत्पन्न भएको प्रहरीले जनाएको हो। विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुंगामुढा गरेका हुन्।

सुधारगृहमा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि एसपी कोमल शाहको नेतृत्वमा प्रहरी पुगेको थियो। तनाव साम्य पार्न प्रहरीले बाहिरबाट हवाइ फायर र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

यस क्रममा ११ बाल कैदीबन्दी सामान्य घाइते भएको उनले बताए। वीरगञ्जस्थित नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

राति ११ बजेपछि मात्र स्थिति नियन्त्रणमा लिन सफल भएको एसपी शाहले जानकारी दिए। अहिले यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार यहाँ रहेका १३४ बाल कैदीबन्दीले भक्तपुरबाट आएका १८ जनालाई अन्यत्र सार्न माग गरेपछि तनाव भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij