काठमाडौं : नेपाली राष्टिय क्रिकेट टीमका सदस्य आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। उनीविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाउँदै प्रहरीसामू पुगेकी छिन् ।
आइतबार दिउँसो पीडित पक्ष बलात्कारको उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार क्रिकेटर शेखविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर पुगेको थियो ।
तर प्रहरीले उनीहरुलाई कालीमाटीस्थित महिला सेलमा पठाएपनि उजुरीमा रित नपुगेको भन्दै प्रहरीले फर्काइदिएको पीडित पक्षको गुनासो छ ।
रितपूर्वक निवेदन आए प्रहरीले उजुरी दर्ता गर्ने बताएपछि सोमबार रितपूर्वक निवेदन दिने पीडित पक्षले जनाएको छ ।
अर्का क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमै मुद्धा खेपिरहेका छन् । लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई हुने क्रममा छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij