२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नदी किनारका बस्ती जोगाउन पहल गर्न एमाले नेताहरुद्वारा देउवालाई आग्रह

नदी किनारका बस्ती जोगाउन पहल गर्न एमाले नेताहरुद्वारा देउवालाई आग्रह

 

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले मंगलबार भेट गरेको छ ।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेट गरेको हो ।

भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए ।

भेटमा  एमालेका बागमती प्रदेश इञ्चार्ज डा भट्टराई, काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij