२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

कतारमा नेपाली श्रमिकका समस्या समाधान पहिलो प्राथमिकताः प्रस्तावित राजदूत पौडेल

कतारमा नेपाली श्रमिकका समस्या समाधान पहिलो प्राथमिकताः प्रस्तावित राजदूत पौडेल

काठमाडौँ । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले कतारमा कार्यरत आफू नेपाली श्रमिकका समस्या समाधानका लागि लाग्ने बताएका छन् ।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पौडेलले आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान गर्ने रहेको बताएका हुन् ।

उनले कतारले आफ्ना नागरिकले काम गर्दा पाउने सेवासुविधा नेपाली श्रमिकलाई दिने भनेपनि त्यो नपाएकोले त्यसलाई संशोधनका लागि प्रयास गर्ने बताए । श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको भन्दै उनले विराटनगर जुट मिलको पुनर्संरचनाको लागि ६ महिना लागिपरेर त्यसको प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाएको उल्लेख गरे ।

उनले नेपाल र कतार दुवैमा क्रिकेट लोकप्रिय रहेकाले त्यसको विकासमा पहल गर्ने उल्लेख गरेका छन् ।

यस्तो छ प्रस्तावित राजदूतको कार्ययोजना

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij