२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बाँके दुर्घटना अपडेट : सातजना मृतकमध्ये ६ जनाको सनाखत

बाँके दुर्घटना अपडेट : सातजना मृतकमध्ये ६ जनाको सनाखत

काठमाडौँ- बाँकेको शमशेरगन्जमा भएको बस दुर्घटना ज्यान गुमाउने सातमध्ये ६ जनाएको सनाखत भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यु भएको छ।

दाङको भ्रमण सकेर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बसले सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगञ्जमा दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इकालका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको चखौरास्थित थारू संग्रालयको भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक बाटोमा बिग्रिएर राखिएको थियो’ डीएसपी तिवारीले भने, ‘तीव्र गतिको गाडी त्यही ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । गाडीभित्र धेरै नाचगान गर्दै रमाइलो गरेका थिए । दुर्घटना कसरी हुन पुग्यो भनेर घाइतेलाई सोध्दा पनि एक्सासि ट्रकमा ठोकिन पुगेको बताएका छन् ।’

गाडीमा ४१ जना सवार थिए । जसमा ९ जना सामान्य घाइते भएका छन् । जसमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको उनले बताए । अन्य ४ जनाको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij