२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बाँकेमा बस दुर्घटना : एकै एकै नगरका सात जनाको मृत्यु, २९ घाइते

बाँकेमा बस दुर्घटना : एकै एकै नगरका सात जनाको मृत्यु, २९ घाइते

कोहलपुर : बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ शमशेरगन्जमा शुक्रबार राति नौ बजेतिर बस दुर्घटना हुँदा एउटै नगरपालिकाका सातजनाको मृत्यु भएको हो ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । प्रहरीका अनुसार ना। ७ख २३२१ नम्बरको बस सडकमा रोकिराखेको ना। ४ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दाङ घुमेर फर्किएका ४१ जना यात्रु सवार बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा-९ का ५० वर्षीय कांशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ३५-४० वर्षीया जयन्ती थारु, वडा नम्बर ७ का ६५ वर्षीय साँधुराम थारु, वडा नम्बर ८ का ४५ को जुगबहादुर चन्द र नामथर वतन नखुलेको गाडीस्टाफ ३५ वर्षीय पुरुषको प्रहरीले जनाएको छ ।

घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij