२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

त्रिवि शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स

त्रिवि शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स

काठमाडौं : त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० स्टाफ नर्स माग गरेको छ। संस्थानले शुक्रबार सूचना जारी गरी शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० स्टाफ नर्स माग गरेको हो।

 

 

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले शुक्राबारदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

१८ वर्ष भई महिलाको हकमा ४५ र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij