२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौँ- काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। महानगरपालिका प्रशासन विभागका प्रमुख दीपक अधिकारीले सूचना निकालेर काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको जनाएका हुन्।

रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij