२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट निस्कासित

मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट निस्कासित

काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका ढकाललाई रास्वपाले दुई पटक स्पष्टीकरण सोधेको थियो । तर ढकालले स्पष्टीकरण जवाफ दिँदा पार्टी सभापतिमाथि गम्भीर प्रश्न उठाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij