२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेसँग बयान लिने

संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेसँग बयान लिने

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।

सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै संसदमा माग उठेपछि छानबिनका लागि गठित समितिले उनलाई आज बयानका लागि बोलाएको हो ।

लामिछानेमाथि सरकारी निकायले नै गर्ने अनुसन्धान प्रभावकारी नहुने भन्दै तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गरेको थियो । जसअनुसार सूर्य थापाको नेतृत्वमा समिति गठन भएको हो ।

समितिले लामिछानेलाई आज दिउँसो २ बजे बयानका लागि बोलाएको छ । लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

समितिले आजै बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij