२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठौं धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरुमाथि विमर्श हुने जनाइएको छ । सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरुको सहभागिता रहने छ ।

यसपटकको धर्म–धम्म सम्मलेनको नारा ’धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्म बीचको साझा विचारहरुलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन् ।

आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलन २०२४ मा १८ देशका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij