२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

अब प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू बन्दैनन्ः प्रधानमन्त्री ओली

अब प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू बन्दैनन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू नबनाउने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यसपाली प्रधानमन्त्री/मन्त्री/मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरू नबन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले हिजो गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गर्यौं । यसपाली प्रधानमन्त्री/मन्त्री/मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन् । काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ – अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ।’

त्यस्तै प्रधानमन्त्रीले तलब खाएर दिन कटाउन नभई जिम्मेवारी लिएर परिणाम दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ। एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij