२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

अमेरिकामा रहेका आफ्ना हितैषीहरूको बैङ्क स्टेटमेन्ट सार्वजनिक गर्न रविलाई मुकुल ढकालको चुनौती

अमेरिकामा रहेका आफ्ना हितैषीहरूको बैङ्क स्टेटमेन्ट सार्वजनिक गर्न रविलाई मुकुल ढकालको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । बुधबार पार्टीले सोधेको स्पष्टीकरणको जवाफ उनले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरी लिखित रूपमा पठाएका हुन् ।

उनले आफूमाथि यसअघि गरिएको कारबाहीसम्बन्धी कागजतको प्रमाणित प्रतिलिपी उपलब्ध गराइदिन पठाएको पत्र दर्ता नै नगरी थप कारबाही गरिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij