२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

युवाको सशक्तिकरण, शिक्षा तथा रोजगारीका लागि नयाँ नीतिः राष्ट्रपति पौडेल

युवाको सशक्तिकरण, शिक्षा तथा रोजगारीका लागि नयाँ नीतिः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन् ।

उनले भने, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

उनले युवाको सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यकता र भावनालाई बुझेर नयाँ नीतिको आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij