२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

बलात्कारका घटनाका दोषीलाई सजाय कम गर्न सकिँदैनः गृहमन्त्री लेखक

बलात्कारका घटनाका दोषीलाई सजाय कम गर्न सकिँदैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अहिलेको टीआरसी विधेयक पीडितमैत्री भएको बताएका छन् । शनिबार काठमाडौंमा ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा गृहमन्त्री लेखकले सबै पीडितलाई एक ठाउँमा लिएर समाधान गर्नुपर्ने बताए ।

उनले पीडकको पीडा पीडितले मात्र बुझ्ने बताए । गृहमन्त्रीले कानुन जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए ।

उनले बलात्कारका घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने भएकाले त्यसमा सरकार दृढ रहेको बताए ।

उनले भने,‘देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ? त्यसैले जहिले जसरी भए पनि बलात्कार बलात्कार नै हो, त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij