२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

रकम हिनामिनामा जोडिएका सहकारी संचालकसँग संसदीय समितिले थाल्यो सोधपुछ

रकम हिनामिनामा जोडिएका सहकारी संचालकसँग संसदीय समितिले थाल्यो सोधपुछ

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिले रकम हिनामिनामा जोडिएका दुई सहकारीका संचालकसँग सोधपुछ गरेको छ ।

समितिको शुक्रबारको बैठकमा गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको हो ।

समिति संयोजक सूर्य थापाले उनीहरुले ऋणीहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिने बताएका जानकारी दिए ।

समितिले समस्याग्रस्त २९ वटा सहकारीका संचालकसँग सोधपुछ गर्नेछ । तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम गरिसकेको छ ।

तीन महिनाको समय पाएको समितिको म्याद भदौ १५ सम्म रहेको छ । समितिले जेलमा भएका व्यक्तिहरूसँग सोधपुछका लागि सहजीकरण गरिदिन गृहमन्त्रीलाई आग्रह गरिसकेको छ भने फरार १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

समितिले सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij