२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अनु अधिकारीको ‘ज्यान भैसक्यो बैना’

अनु अधिकारीको ‘ज्यान भैसक्यो बैना’

काठमाडौँ । अनु अधिकारीको स्वरमा ‘ज्यान भैसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ। पवन कोइरालाको शब्द रहेको गीतमा लोहनी प्रमोदले संगीत भरेका छन् ।

प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा पुरुषेत्तम सुवेदीको संगीत संयोजन छ । भिडियोमा बिना राउत, सरोज अँम्गाईं र बाल कलाकार इभान्सी श्रेष्ठले अभिनय गरेका छन् ।

करण सुनारको निर्देशन गरेको भिडियो पवन सुलिङले छायांकन गरेका हुन्। गीतको कोरियोग्राफरमा निर्देशक सुनारसहित युमी बलामी पनि रहेका छन्। गीत गायिका अनु अधिकारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij