२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसकातर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन् ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा विश्वासको मत पाउने पक्का भएको छ । मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij