२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको संवाद डबिङ

‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको संवाद डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिनय गरेको चलचित्रको शनिबार डबिङ गरेका छन् । अनामनगरस्थित एक स्टुडियोमा उनले चलचित्र ‘नमेटिने घाउ’को संवादको डबिङ गरेका हुन् ।

यो चलचित्रमा ओली प्रधानमन्त्रीकै भूमिकामा छन् । ११ वैशाखमा ओलीको भूमिका एमाले मुख्यालय च्यासलमै सुटिङ गरिएको थियो । ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहुर्त गरिएको थियो ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना छन् । यो चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ ।

लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।

चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहनेछ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। रमित ढुंगाना फिल्म प्रोडक्शनका ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे, आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ ।

चलचित्रमा निरज कंडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ । सामाजिक कथावस्तुमा आधारित फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij