२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

अरिङ्गालले टोकेर गुल्मीमा एक युवकको मृत्यु

अरिङ्गालले टोकेर गुल्मीमा एक युवकको मृत्यु

 

गुल्मी  । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij