२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

बाढीमा परी उपत्यकामा एकजनाको मृत्यु, ७० जनाको उद्धार

बाढीमा परी उपत्यकामा एकजनाको मृत्यु, ७० जनाको उद्धार

 

काठमाडौँ । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्धार गरिएको छ ।

यस्तै भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्धार भएको मैनालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो ।

प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्धार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij