२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

 

काठमाडौँ ।  नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा  नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा मंगलबार भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् ।

आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन् । उनी हिट ३ मा तेस्रो भएका हुन् । सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।

एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij