२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण

पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण

चीनले पेरिस ओलम्पिकको पहिलो दिन नै दुई स्वर्ण पदक जितेको छ । पछिल्लो पटक सन् २००८ को ओलम्पिक पदक तालिकामा शीर्ष स्थानमा रहेको एसियाली पावरहाउस चीनले सुटिङ र सिंक्रोनाइज्ड डाइभिङमा स्वर्ण पदक जितेको हो ।

१० मिटर एयर राइफलको ‘मिक्स्ड टिम इभेन्ट’मा चीनका सेङ लिहाओ र हुआङ युटिङको जोडीले स्वर्ण पदक जितेको हो भने महिला तीन मिटर स्प्रिङबोर्डको फाइनलमा चीनकै अर्को जोडी चाङ यानी र चेन यिवेनले स्वर्ण पदक जितेको थियो ।

अष्ट्रेलियाले पनि महिला व्यक्तिगत समय परीक्षणमा साइकल यात्री ग्रेस ब्राउनको साथमा पहिलो स्वर्ण पदक जितेको छ ।

उद्घाटन समारोहमा शुक्रबार आएको बाढीपछि मौसमका कारण आयोजकका लागि टाउको दुखाइको विषय बनेको छ ।

पेरिसको ऐतिहासिक मुटुमा रहेको प्लेस डे ला कोनकोर्डमा हुने भनिएको पुरुष स्ट्रिट स्केटबोर्डिङ प्रतियोगिता रातभरको वर्षाका कारण सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

वर्षाका कारण रोलान्ड गार्रोसमा टेनिसको पहिलो राउन्डको खेल पनि प्रभावित भएको थियो भने बाहिरी कोर्टमा हुने तय भएका १० खेलको तालिका पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij